अमेरिकामा चलचित्र प्रदर्शनको बिषयमा बहस
काठमाडौं, जेठ ५– विश्वको आकर्षणको केन्द्र अमेरिकामा नेपाली चलचित्रको बजार बिस्तार गर्न सके आर्थिक तथा गुणस्तरीय लाभ लिन सकिने विचार चलचित्रकर्मीले राखेका छन् । विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चलचित्रकर्मीले यो विचार पोखेका हुन् । नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र संघको संयुक्त आयोजना रहेको कार्यक्रममा अमेरिकी दूतावासको पहलमा अमेरिकाबाट नेपाल आएकी चलचित्र निर्देशक शालिनी कौन्तेयको समेत सहभागीता रहेको थियो । कार्यक्रममा निर्देशक कौन्तयले अमेरिकाको लागि आवश्यक चलचित्रको गुणस्तर र निर्माण प्रक्रियाको चलचित्रकर्मीलाई जानकारी दिइन् ।कार्यक्रममा नेपाल फिल्म सोटाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, निर्देशक बिस्व बस्नेत, उज्वल घिमिरे, केपी पाठक, अभिनेत्री भुवन चन्द लगायत दर्जन बढि कलाकार्मीको उपस्थिति रहेको थियो ।