नगरपालिकाको प्रमुखमा महिला नेत्री पुन विजयी
नवलपरासी, जेठ ५– नवलपरासी कावासोती नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार चन्द्रा पुन विजयी बन्नुभएको छ ।
यसैगरी उपप्रमुखमा पनि एमालेकै उम्मेदवार प्रेमशङ्कर मर्दनिया विजयी हुनुभएको छ । प्रमुखमा विजयी पुनले कुल १३ हजार ४१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्र पोखरेलले १२ हजार पाँच सय ९४ मत प्राप्त गर्नुभएको थियो ।त्सैगरी उपप्रमुखमा कुल १३ हजार आठ सय १४ मत प्राप्त गरी मर्दनिया विजयी बन्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी खगिसरा गुरुङले ११ हजार छ सय ९३ मत गर्नुभएको थियो ।नवलपरासीमा प्रथम चरणमा निर्वाचन भएको आठ वटा स्थानीय तहमध्ये आठ वटै स्थानीय तहमा मतगणना सकिएको छ । जसअनुसार नगरपालिकातर्फ देवचुली र मध्यबिन्दु यसैगरी गाउँपालिकातर्फ बुलिङ्टार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा नेपाली काँग्रेस विजयी बनेको छ भने गैँडाकोट र कावासोती नगरपालिकामा एमाले विजयी बनेको छ ।

Comments
Post a Comment