प्रचण्डले भने– मैले ठूलो जिम्मेवारी पूरा गरेँ

काठमाडौं, जेठ ५– काठमाडौं महानगरपलिकाको मतगणना पाँच दिनदेखि जारी रहेको छ । पाँच दिनदेखि भएको मतगणनाअनुसार विभिन्न वडाको नतिजा आउने क्रम जारी रहेको छ ।
शुक्रबार वडा नं. २७ मा एमाले विजयी भएसँगै एमालेले र्याली निकालेको छ । २७ नम्बरमा एमाले प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा चिनियाँमान बज्राचार्य विजयी भएका छन् ।
उनले १५१८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका योगेश कुमार खड्गीले १२४० मत ल्याएका छन् ।विजयी भएपछि काठमाडौंको प्रदर्शनीमार्गबाट एमालेका कार्यकर्ताहरुले विजय जुलुस निकालेका छन् ।

Comments