डोल्पामा कतै मतगणना, कतै विजय उत्सव

दुनै, जेठ १– डोल्पामा कतै मतगणना भइरहेको छ भने कतै विजय र्याली निकालिएका छन् । डोल्पाका त्रिपुरा सुन्दरी नगरपालिका, ठेलीभेरी नगरपालिका र मुड्ेकचुला गाउँपालिकामा मतगणना जारी छ भने काइके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा मतगणना कार्य सम्पन्न भएको छ ।उपल्लो डोल्पाका छार्काताङसोङ र डोल्पोबुद्धमा गाँउपालिकामा मतपेटीका ल्याउन ढिलाई हुँदा सोमवार मतगणना हुन नसकेको र मंगलबार विहानबाट मात्र मतगणना कार्य सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।सोमवार सम्पन्न भएको मतगणनाअनुसार मुड्केचुला गाउँपालिकामा माओवादीका दत्तबहादुर शाही बिजयी भएका छन् । जगदुल्लामा पनि माओबादी केन्द्रकै नारासिंह रोकाया बिजयी भएका छन् उपाध्यक्षमा पनि माओवादीकै उम्मेद्वार बिजयी भएका छन् ।
त्यस्तै काइके गाँउपालिकामा प्रमुखमा एमालेका अंगत राना, उपाध्यक्षमा राप्रपाको कुन्जाङ झाँक्री, वडा नं १ मा छिरीङ टुन्डुप बुढा, वडा नं २ मा तेजेन्द्र बुढा, ३ मा राजु बुढा, ४ मा राप्रपाका राजु झाँक्री, ५ एमालेका राजु रोकाया, ६ मा एमालेकै नरेन्द्र रोकाया, ७ मा एमालेकै रामचन्द्र रोकाया बिजयी भएका छन् ।
ठूलीभेरी नगरपालिका अन्तर्गतका वडा अध्यक्षहरुमा वडा नं १ मा राप्रपाबाट बाग बहादुर महतारा, २ मा एमालेका देबी रोकाय, ३ मा काङ्ग्रेसका अर्नबहादुर न्यौपाने, वडा नं ४ मा माओवादीका जीवराज बुढा बिजयी भएका छन् ।

Comments